घरेलु मैदानमा बायर्नलाई सिजनको पहिलो हार
खबर एक्सप्रेस
२०७८-०६-१८ ०९:०० मा प्रकाशित
Total Shares: 180
काठमाडौं - जर्मन बुन्डेसलिगामा शीर्ष स्थानको बायर्न म्युनिखले सिजनको पहिलो हार ब्यहोरेको छ ।
आइतबार राति भएकाे खेलमा सुरुवाती अग्रता जोगाउन नसक्दा घरेलु टोली बायर्न फ्रान्कफुर्टसँग २-१ गोल अन्तरले स्तब्ध भएको हो । भ्रमणमा रहेकाे टोली फ्रान्कफुर्टको जितमा मार्टिन हिनटेरेगेर र फिलिप कोस्टिकले १/१ गोल गरे । बायर्नका लियोन गोरेट्जकाले सान्त्वना गोल गरे ।
हारका बाबजुद बायर्न ७ खेलबाट १६ अंकसहित शीर्ष स्थानमा छ । १६ अंक नै रहेपनि बायर लिभरकुसन गोलअन्तरमा दोस्रो स्थानमा छ । फ्रान्कफुर्ट ८ अंक जोडेर १३औँ स्थानमा छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस