काठमाडौं - एमाले कर्णाली प्रदेशले सरकारमा रहेका तीनजना मन्त्रीलाई तत्काल राजीनामा दिन निर्देशन दिएको छ ।

शुक्रबार बसेको प्रदेश संसदीय दलको बैठकले मन्त्रीहरु अम्मरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढालाई तत्काल राजीनामा दिन निर्देशन दिएको हो । 

गत वैशाख ३ गते फ्लोर क्रस गर्दै सांसद प्रकाश ज्वालासहित मन्त्री बनेका ३ सांसदले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएका थिए । सरकार जोगाइदिएपछि मुख्यमन्त्रीले थापा, शाही र बुढालाई बनाएका थिए । 

उनीहरुलाई  एमालेले कारबाही गरेपछि पदमुक्त भएका उनीहरु सर्वोच्च अदालतले पुनर्वहाली गराइदिएको थियो ।