फोनमा कुरा गर्दागर्दै छतबाट खसेर एक युवकको ज्यान गयो
खबर एक्सप्रेस
२०७७-०५-०१ ०५:५२ मा प्रकाशित
Total Shares: 316
भैरहवा - फोनमा कुरा गर्दैगर्दा घरको छतबाट खसेर रुपन्देहीमा एक युवकको मृत्यु भएको छ।
सिद्धार्थनगर नगरपालिका भैरहवाका २३ वर्षीय विकास जैसवालको मृत्यु भएको ५ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक राजकुमार बैदवारले जानकारी दिए।
आज बिहान २ः३० बजे आफ्नो तीनतले घरको छतमा रहेका उनी फोनमा कुरा गर्दैगर्दा अचानक खसेर गम्भीर भाइते भएका थिए। उपचारका क्रममा भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा मृत्यु भएको प्रहरी प्रवक्ता बैदवारले बताए।
फेसबुक पेज Like गर्नुहोस