एजेन्सी - कोरोनाभाइरसका कारण दक्षिणी अमेरिकी मुलुक ब्राजिलमा ३४ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ । 

ब्राजिलको स्वास्थ्य मन्त्रालयका अनुसार विगत २४ घण्टाको अवधिमा एक हजार ४३७ जनाको ज्यान गएको छ । 

विश्वमा संयुक्तराज्य अमेरिका र बेलायतपछि सबैभन्दा बढी व्यक्तिको मृत्यु ब्राजिलमा भएको छ । 

साथै, विगत २४ घण्टामा ३० हजार ९२५ जना नयाँ संक्रमित भेटिएका छन् । योसँगै ब्राजिलमा कोरोनाभाइरसबाट संक्रमित भएका व्यक्तिको संख्या ६ लाख १५ हजार पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।