खराब मौसमका कारण हवाई सेवा प्रभावित, विमान आकाशमै ‘होल्ड’ र ‘डाइभर्ट’
खबर एक्सप्रेस
२०८१-०४-२२ १०:४० मा प्रकाशित
Total Shares: 70
काठमाडौं- बाक्लो पानी र हुस्सुका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई उडान प्रभावित भएको छ ।विमानस्थलको भिजिबिलिटी कम हुँदा जहाज उडान तथा अवतरणमा समस्या आएको हो ।त्रिभुवन विमानस्थल कार्यालयका अनुसार मङ्गलवार बिहानदेखिको वर्षाले जहाज उडान तथा अवतरणमा समस्या आइरहेको छ ।खराब मौसमकै कारण केही जहाज अवतरण गर्न नसकेर आकाशमा नै होल्ड भएका छन् भने केही डाइभर्ट समेत भएको बताइएको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस