रोल्पामा एकैदिन दुई संक्रमितको मृत्यु
खबर एक्सप्रेस
२०७८-०१-३१ ०८:११ मा प्रकाशित
Total Shares: 230
काठमाडौं,रोल्पा - रोल्पामा एकैदिन दुईजना कोरना सङ्क्रमितको मृत्यु भएको छ । माडी गाउपालिका ५ भावाङ मजबाङ निवासी ४३ वर्षीय पुरुषको मृत्यु भएको हो ।
रोल्पा अस्पतालको कोभिड आइसोलेशनमा उपचार क्रममा मृत्यु भएको रोल्पा अस्पतालका मेडिकल अधिकृत डा आधार वलीले बताए।
ज्वरो, खोकी र स्वासप्रस्वासमा समस्या भएपछि उनी वैशाख २६ गते अस्पताल भर्ना भएका थिए । त्यसैगरी सुनिल स्मृति गाउपालिका –४ धनचौर निवासी ५५ वर्षीय अर्का पुरुषको पनि आज मृत्यु भएको छ ।
रोल्पामा कोरोना सङ्क्रमणबाट अहिलेसम्म चार जनाको मृत्यु भैसकेको छ । हालसम्म रोल्पामा १८ जना निको भएर घर फर्किसकेका छन् भने ३७७ जना सङ्क्रमित रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस