माघ मसान्तसम्म विद्यालय बन्द गर्न सीसीएमसीको सिफारिस
खबर एक्सप्रेस
२०७८-१०-१४ ०७:५६ मा प्रकाशित
Total Shares: 155
काठमाडौं - कोभिड १९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी)ले माघ मसान्तसम्म भौतिक रूपमा शैक्षिक क्रियाकलाप नगर्न सिफारिस गरेको छ ।
शुक्रबार बसेको सीसीएमसीको बैठकले कोरोना भाइरस संक्रमणको जोखिम अझै कायम रहेकाले विद्यालय माघ मसान्तसम्म बन्द गर्न सिफारिस गरेको हो ।
यसअघि सरकारले माघ १५ गतेसम्म विद्यालयमा भौतिक उपस्थितिमा पठनपाठन गर्न रोक लगाएकोमा अब यो अवधि लम्ब्याएर माघ मसान्तसम्म पुर्याइएको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस