नेकपाको उपाध्यक्ष बने वामदेव
खबर एक्सप्रेस
२०७६-१०-१९ ११:०० मा प्रकाशित
Total Shares: 397
काठमाडौं - नेकपाको जारी केन्द्रीय समितिको बैठकले पार्टीको सचिवालय सदस्य वामदेव गौतमलाई उपाध्यक्ष बनाउने निर्णय गरेको छ ।
बैठकमा केही नेताहरुले उक्त निर्णयको विरोध गरे पनि आइतबार उनलाई पार्टीको उपाध्यक्ष घोषणा गरिएको हो ।
यसअघि बैठकमा बोल्नेक्रममा केन्द्रीय सदस्यहरुले नेतृत्वले आफ्नो गुट बलियो बनाउन वामदेव गौतमलाई उपाध्यक्ष बनाउन लागेको भन्दै विरोध गरेका थिए । ‘यदि उपाध्यक्ष पद सिर्जना खडा गर्ने हो भने माथिदेखि तलसम्म बनाउनुपर्छ, नेताहरुले आफ्नो गुटलाई बलियो बनाउन उपाध्यक्षको खेलमा लाग्नुहुँदैन भन्ने कुरा हाम्रो समुहबाट नेतृत्वलाई रिपोर्टिङ भएको छ,’ एक टोली नेताले समूहको रिपोर्टिङ गर्दै भनेका थिए ।

.gif)



फेसबुक पेज Like गर्नुहोस