माधव नेपाललाई भेट्न विप्लव कोटेश्वरमा
काठमाडौं - नेकपा महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई भेटेका छन् । बिहिबार बिहान नेपाल निवासमा पुगेर विप्लवले नेपाललाई भेटेका हुन् । भेटमा नेता धर्मेन्द्र बास्तोला पनि सहभागी थिए ।
यसअघि बुधबार विप्लवले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेका थिए । भेटमा विप्लवले प्रचण्डसँग तत्कालिन सरकारसँग भएको ३ बुँदे सहमति कार्यान्वयनबारे चासो व्यक्त गरेका थिए ।
शान्तिपूर्ण राजनीतिमा आएपछि विप्लवले राजनीतिक भेट तीव्र बनाएका हुन् । चन्द ०७७ फागुन २१ गते राष्ट्रिय सभागृहमा पार्टीको तर्फबाट तत्कालिन ओली नेतृत्वको सरकारसँग ३ बुँदे सम्झौता भएपछि खुला राजनीतिमा आएका थिए ।
फेसबुक पेज Like गर्नुहोस