सेभिया घरेलु मैदानमा स्तब्ध
काठमाडौं,एजेन्सी - स्पेनिस ला लिगामा सेभियाले हार व्यहोरेको छ । गएराति घरेलु मैदानमा भएको खेलमा सेभिया एथलेटिको बिल्वाओसँग १–० ले स्तब्ध बनेको हो ।
बिल्वाओका इनाकी विलियम्सले खेलको दोस्रो हाफमा गरेको गोल नै जितका लागि पर्याप्त बन्यो । विलियम्सले ८९औं मिनेटमा ओहान सान्सेटको पासमा गोल गरेका हुन् । ७४ प्रतिशत बल पोसेसन राखेपनि फिनिसिङमा चुक्दा सेभियाले भने गोल गर्न सकेन ।
पराजित भएसँगै उपाधि होडमा रहेको सेभियाको यात्रा थप कमजोर बनेको छ । चौथो स्थानमा रहेको सेभियाले ३४ खेलबाट ७० अंक जोडेको छ । एट्लेटिको मड्रिड ७६ अंकसहित शीर्ष स्थानमा छ भने रियल मड्रिड र बार्सिलोनाको समान ७४ अंक छ । विल्वाओ भने ४५ अंकसहित नवौं स्थानमा उक्लिएको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस