मोबाइल बिगारेको निहुँमा श्रीमतीको हत्या
खबर एक्सप्रेस
२०७८-११-०२ १२:५२ मा प्रकाशित
Total Shares: 646
काठमाडौं, झापा - श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले झापाको भद्रपुर नगरपालिका–१ लाहुरे चोक बस्ने ३४ वर्षीय अमर बहादुर तामाङ सोमबार बिहान पक्राउ गरेको छ ।
३४ वर्षीया श्रीमती अनिता लिम्बुलाई धारिलो हतियार चक्कु र ढुङ्गा प्रहार गरी उनले हत्या गरेको प्रहरीले जनाएको छ ।
मोबाइल बिगारेको बिषयमा अमर बहादुरले आफ्नै श्रीमतीको हत्या गरी आफैँ सिमा प्रहरी चौकी पृथ्वीनगरमा आएपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
फेसबुक पेज Like गर्नुहोस