शनिबार काठमाडौं उपत्यकामा थपिए २ हजार ६७२ जना कोरोना संक्रमित
खबर एक्सप्रेस
२०७७-०६-२४ ०४:३२ मा प्रकाशित
Total Shares: 326
काठमाडौं - पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २ हजार ६७२ जना संक्रमित भेटिएका छन्।
काठमाडौंमा २ हजार १ सय जना, भक्तपुरमा २०३ र ललितपुरमा ३६९ जना नयाँ संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्।
हाल देशभर ३० हजार ८१८ जना सक्रिय संक्रमित छन्। हाल १३ हजार ६५४ जना संस्थागत आइसोलेसनमा छन् भने बाँकी होम आइसोलेसनमा छन्।

.gif)



फेसबुक पेज Like गर्नुहोस