काठमाडौं - पाल्पा क्षेत्र नम्बर २ बाट नेकपा एमालेका उम्मेदवार ठाकुरप्रसाद गैरे प्रतिनिधिसभा सदस्य निर्वाचित भएका छन्।

एकीकृत समाजवादीका उम्‍मेदवार सोमप्रसाद पाण्डेलाई ३ हजार ९६६ मतान्तरले पराजित गर्दै गैरै निर्वाचित भएका हुन् ।

गैरे २७ हजार ८ सय १७ मतसहित विजयी भए भने पाण्डेयले जम्मा २३ हजार ८ सय ५१ मत मात्रै ल्याएका छन्।