सांसद प्रदीप यादवलाई कोरोना संक्रमण
खबर एक्सप्रेस
२०७७-०४-१७ ११:०९ मा प्रकाशित
Total Shares: 513
काठमाडौं - जनता समाजवादी पार्टीका सांसद प्रदीप यादवलाई कोरोना भारइसको संक्रमण पुष्टि भएको छ। सांसद यादवले आफ्नो फेसबुक पेजमार्फत् यस्तो जानकारी दिएका हुन् ।
'मैले आफ्नो पिसिआर परीक्षण गराउँदा कोरोना पोजेटिभ देखिएको जानकारी गराउन चाहन्छु। मेरो स्वास्थ्यमा भने कुनै समस्या देखिएको छैन। म आफ्नै घरमा आइसोलेसनमा बसिरहेको छु,' उनले फेसबुकमा लेखेका छन्।
यादवले आ आफ्नो घरभित्र आत्मअनिसाशन कायम गर्दै सुरक्षित रुपमा बस्न, घरबाट अति आवश्यक रूपमा निस्किनु परेमा बिना मस्क लगाइ न निस्किन आग्रह गरेका छन् ।
फेसबुक पेज Like गर्नुहोस