अर्थमन्त्री पौडेल आजराती अमेरिका प्रस्थान गर्दै
खबर एक्सप्रेस
२०८१-०७-०५ ०६:४४ मा प्रकाशित
Total Shares: 91
काठमाडौं - उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल विश्व बैंक समूह र अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) को वार्षिक बैठकमा भाग लिन आज राती अमेरिकाको वासिङटन डिसीतर्फ प्रस्थान गर्दै छन् ।
अर्थमन्त्रीले अमेरिकाको डिसी र न्यूयोर्कमा रहँदा द्विपक्षीय तथा बहुपक्षीय भेटवार्ताहरु गर्ने कार्यक्रम रहेको उनको सचिवालयले जानकारी दिएको छ ।
उनी कार्तिक दोस्रो साता स्वेदश फर्किने कार्यक्रम रहेको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस