काठमाडौं - चितवनको क्षेत्र नम्बर २ मा मतगणना सुरु भएको छ । जिल्ला निर्वाचन कार्यालयका अनुसार अहिलेसम्म ४०० मतको गणना सकिँदा एमालेका उम्मेदवार कृष्णभक्त पोखरेलले अग्रता बनाएका छन् ।

पोखरेलले २०७ मतका साथ अग्रस्थानमा छन् । कांग्रेसका उमेशलाल श्रेष्ठले उनलाई १२६ मत ल्याएर पछ्याइरहेका छन् ।

चर्चित उम्मेदवार राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेको ३२ मत मात्र पाएका छन् । सुरुवातमा अरुले अग्रता लिए पनि उनले मत बढाउने सम्भावना रहेको छ ।