उपसभामुखलाई हटाउने तयारी भएपछि रास्वपाको सचिवालय बैठक बस्दै
खबर एक्सप्रेस
२०८१-०५-२६ ०९:४१ मा प्रकाशित
Total Shares: 88
काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक बस्दै छ ।
बैठक अहिले बिहान ११ बजे सिंहदरबारमा बस्न लागेको हो ।
सत्तारुढ दलले रास्वपाको कोटाबाट उपसभामुख रहेकी इन्दिरा रानालाई पदबाट हटाउने तयारी गरिरहेको छ ।
सोही विषयमा छलफल गर्न रास्वपाले सचिवालय बैठक बोलाएको हो । बैठकबाट पार्टीको धारणा बनाइने बताइएको छ । उपसभामुख राना रास्वपाकी समानुपातिक सांसद हुन् ।

.gif)



फेसबुक पेज Like गर्नुहोस