प्रधानमन्त्री ओलीले डाके मन्त्रीपरिषद् बैठक
खबर एक्सप्रेस
२०७७-११-१४ ११:५१ मा प्रकाशित
Total Shares: 336
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको बैठक बोलाएका छन् ।
प्रतिनिधिसभा पुनर्स्थापना भएपछि पहिलो पटक मन्त्रिपरिषद् बैठक बोलाइएको हो । बैठक शुक्रबार साँझ ५ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने तय भएको एक मन्त्रीले जानकारी दिए ।
आजको बैठकमा सर्वोच्च अदालतको आदेशअनुसार प्रतिनिधि सभाको बैठक आह्वानका लागि राष्ट्रपति विद्या भण्डारीलाई सिफारिस गर्न सक्ने संभावना रहेको ती मन्त्रीले बताए ।
यही मंगलबार सर्वोच्चले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णय बदर गर्दै १३ दिनभित्र बैठक बोलाउन आदेश दिएको थियो ।
फेसबुक पेज Like गर्नुहोस