कांग्रेसले राष्ट्रियसभा उपाध्यक्षमा उम्मेदवारी दिने
खबर एक्सप्रेस
२०७९-१०-१९ १०:०४ मा प्रकाशित
Total Shares: 109
काठमाडौं - नेपाली कांग्रेसले राष्ट्रियसभा उपाध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेको छ ।
सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बसेको संसदीय दल कार्यसमिति बैठकले उम्मेदवारी दिने निर्णय गरेको हो।
माघ २३ गते राष्ट्रियसभा उपाध्यक्षको चुनाव हुँदैछ । उपाध्यक्षमा उम्मेदवार दिने र अन्य दलसँग पनि छलफल गरेर अघि बढ्ने निर्णय भएको प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए ।
उनले माघ २६ गते संसदीय दलको बैठक बोलाउने निर्णय भएको पनि बताए ।

.gif)



फेसबुक पेज Like गर्नुहोस