विहानैदेखि एनटीसीमा समस्या, प्रयोगकर्ता पीडित
काठमाडौं - नेपाल टेलिकमको अनलाइन चार्जिङ सिस्टम (ओसीएस) मा समस्या आउँदा एनटीसीको मोवाइल प्रयोगकर्ताहरु समस्यामा परेका छन् । ओसीएस भनेको रियल टाइम चार्जिङ सिष्टम हो।
जसले गर्दा विलिङमा पनि समस्या देखिएको थियो । पोस्टपेड र प्रिपेड फोनको बिलिङमा समस्या आउँदा आज बिहानदेखि पोस्टपेड तथा प्रिपेड फोनहरुमा ‘आउट गोइङ कल’ ब्यारियर (वान वे) को समस्या पैदा भएको थियो ।
करिब ८ घण्टाभन्दा बढी समय फोनमा समस्या आएपछि टेलिकमका धेरै पोस्टपेड प्रयोगकर्ता पीडित भएका छन् ।
हरेक महिनाको १५ तारिकमा पोस्टपेड मोवाइलको बिलिङ हुन्छ । त्यही क्रममा प्रणालीका आएको समस्याका कारण ब्यालेन्स भए पनि कतिपय फोन ‘वान वे’ भएका छन् ।
समस्या समाधानका लागि काम भइरहेको टेलिकमका प्रवक्ता रविन्द्र मानन्धरले बताए । मध्यरातदेखि टेलिकमको बिलिङमा समस्या आएको तर अहिले समस्या समाधान भइसकेको उनले बताए ।

.gif)



फेसबुक पेज Like गर्नुहोस