काठमाडौं उपत्यकामा थप २ सय जनामा काेराेना संक्रमण
खबर एक्सप्रेस
२०७७-०५-०९ ०४:४८ मा प्रकाशित
Total Shares: 234
काठमाडौं पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २ सय जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार काठमाडौंमा १७४ जना, ललितपुरमा १८ जना र भक्तपुरमा ८ जना संक्रमित थपिएका हुन्।
त्यस्तै देशभर ८५५ संक्रमित थपिएका छन् । प्रवक्ता गौतमका अनुसार पछिल्लो २४ घण्टामा ८५५ संक्रमित थपिएका हुन् ।
पछिल्लो २४ घण्टामा देशभरका विभिन्न अस्पतालबाट ३१३ जना डिस्चार्ज भएका छन् । त्यसैगरी हालसम्म १९ हजार ११९ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुने दर ५७ प्रतिशत रहेको छ ।आजसम्म देशभर सक्रिय संक्रमितको संख्या १३ हजार रहेको छ ।
पछिल्लो २४ घण्टामा देशभरका ३९ प्रयोगशालाबाट ११ हजार ३२७ जनाको पीसीआर परीक्षण गरिएको छ । हालसम्म जम्मा ६ लाख २१ हजार ९०१ जनाको पीसीआर परीक्षण गरिएको छ ।
देशभरका संस्थागत आइसोलेसन ८ हजार ५८१ जना र होम आइसोलेसनमा ५ हजार ६६९ रहेका छन् । आजसम्म देशभर १० हजार ४५३ जना क्वारेन्टिनमा रहेका छन् । बागमती प्रदेशमा १५ जना भेन्टिलेटरमा रहेका छन् । देशभर १३८ जना आईसीयूमा रहेका छन् । जसमा सबैभन्दा बढी बागमती प्रदेशका ५७ रहेका छन् ।
पाँच सयभन्दा बढी संक्रमित रहेका जिल्ला सात रहेका छन् । मोरङ, पर्सा, रौतहट, महोत्तरी, सर्लाही, बारा र काठमाडौं रहेका छन् । मुस्ताङ र हुम्लामा कोरोना भाइरसको संक्रमण शून्य रहेको छ।
फेसबुक पेज Like गर्नुहोस