राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिना र चिनियाँ जनकंग्रेसका अध्यक्ष लीबीच भेटवार्ता
खबर एक्सप्रेस
२०७९-०५-२८ १२:४१ मा प्रकाशित
Total Shares: 164
काठमाडौं - राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) स्थायी समितिको जनकंग्रेस अध्यक्ष ली चान्सुबीच भेटवार्ता भएको छ ।
भेटवार्तामा द्विपक्षीय हितका विषयमा कुराकानी भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । नेपालको चार दिने भ्रमणको सिलसिलामा ली सोमबार काठमाडौं आएका हुन् ।
नेपाल आएकै दिन सोमबार प्रतिनिधि सभाका सभामुख र लीबीच द्विपक्षीय वार्ता भएको थियो ।

.gif)




फेसबुक पेज Like गर्नुहोस