एकदिवसीय सिरिज : क्यानडाविरुद्ध ब्याटिङ गर्दै नेपाल
खबर एक्सप्रेस
२०८०-१०-२५ १०:०९ मा प्रकाशित
Total Shares: 118
काठमाडौं - क्यानडाविरुद्ध अन्तर्राष्ट्रिय एकदिवसीय शृंखलाको पहिलो खेलमा आज नेपालले पहिले ब्याटिङ गर्ने भएको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालका कप्तान रोहित पोडेलले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन् ।
आजको खेलमा नेपालको टोलीमा सूर्य तामाङ र रिजन ढकालले डेब्यू गरेका छन् । सूर्य स्पिनर र रिजन बायाँ हाते तीव्र गतिका बलर हुन् ।
यी दुई टिमले तीन खेलको एकदिवसीय शृंखला खेल्ने तालिका छ ।
फेसबुक पेज Like गर्नुहोस