काठमाडौं,जनकपुर - प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै उच्च अदालत जनकपुर अगाडि वकिलहरूले प्रदर्शन गरेका छन् । बार एसोसिएसन धनुषामा आबद्ध वकिलहरूले प्रदर्शन गरेका हुन् । ‘प्रधानन्यायाधीशले संवैधानिक आयोगमा भागबन्डा र आफ्ना मान्छेलाई मन्त्री बनाउन पाइन्छ ?,’ नेपाल बार एसोसिएसनका महासचिव लीलामणि पौडेलले प्रश्न गरे, ‘वर्तमान प्रधानन्यायाधीश पदमा बस्न लायक हुनु हुन्न ।’

संविधान र कानुनभन्दा माथि नरहेकाले प्रधानन्यायाधीशले आफ्नै लागि भए पनि राजीनामा दिनुपर्ने उनको तर्क छ ।न्यायपालिका शुद्धीकरणका लागि उनले सबै राजनीतिक दलको ध्यानाकर्षण पनि गराए । कानुन व्यवसायीहरूको प्रदर्शनले केही बेर सडक अवरुद्ध भएको थियो ।