एजेन्सी - अमेरिकामा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेका संख्या ह्वात्तै बढेको छ ।

त्यहाँका सरकारी अधिकारीका अनुसार दुई दिनदेखि लगातार घटिरहेको मृत्यु हुनेको संख्या मंगलबार बढेको हो । मंगलबार अमेरिकी स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार २ हजार ४ सय ७० जनाको मृत्यु भएको छ । जुन संख्या आइतबार र सोमबार भन्दा झण्डै दोब्बर बढी हो ।

हालसम्म कोरोनाबाट अमेरिकामा ५९ हजार २ सय ९९ जनाको मृत्यु भएको छ भने १० लाख ३५ संक्रमित छन् । अमेरिका कोरोनाबाट सबैभन्दा प्रभावित मुलुक हो ।