काठमाडौं - नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले भानु जयन्तीको अवसरमा बालुवाटारमा भएको कार्यक्रममा भगवान् राम भारतमा नभई नेपालमै जन्मिएको बताएका थिए।

प्रधानमन्त्रीको सोही अभिव्यक्तिलाई लिएर भारतीयहरूले त्यहाँ रहेका नेपालीलाई दुव्यर्वहार गरेको बताइएको छ । भारतका हिन्दुवादीहरुले प्रधानमन्त्री ओलीको उक्त अभिव्यक्तिको विरोधमा त्यहाँ रहेका एक नेपालीको कपल मुण्डन गरेर नेपाल र प्रधानमन्त्री ओलीविरुद्ध नाराबाजी लगाउन बाध्य पारिएको भिडियो सार्वजनिक भएको छ । भारतीयहरूले नेपालीको टाउकोको कपाल मुण्डन गरेर श्रीराम लेखेका छन्।

उक्त घटनाबारे भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्यले  ट्वीटर मार्फत उक्त घटनाबारे उत्तर प्रदेशको मुख्यमन्त्री कार्यालयसँग कुरा भएको जनाएका छन् । आचार्यले अभिशेकराज सिंहले गरेको ट्वीटमा कमेन्ट गर्दै यस्तो जानकारी दिएका हुन् ।