यातायात व्यवसायीसँग छलफल गर्नुपर्नेमा गगन थापाको जोड
काठमाडौं - नेपाली कांग्रेसका नेता गगन थापाले सार्वजनिक यातायात सञ्चालन गर्ने घोषणा गर्नुभन्दा सरकारले यातायात व्यवसायीसँग छलफल गर्नुपर्नेमा जोड दिएका छन् । उनले सरोकारवालासँग छलफल गरी व्यावसायीलाई बाँच्न सक्ने गरी समाधान खोज्नुपर्ने पर्ने बताएका छन् ।
शनिबार नेता थापाले ट्वीट गर्दै सरोकारवालासँग सामुहिक छलफल गर्न प्रधानमन्त्रीलाई आग्रह गरेका हुन् । ‘सार्वजनिक यातायात चलाउने घोषणा गर्नुभन्दा यसका सञ्चालक, मजदुर, स्वास्थ्य विज्ञ र सरोकारवालासँग सामुहिक छलफल गरी व्यवसायीहरू बाँच्न सक्ने, मजदुरले काम गर्न सक्ने र उपभोक्ता मारमा नगर्ने, स्वास्थ्य सुरक्षाका दृष्टिले यात्राको जोखिम सकेसम्म कम गर्ने गरी समाधान खोज्नुस् ।’ उनले भनेका छन् ।
सरकारले जिल्ला भित्र सार्वजनिक यातायात सञ्चालन गर्न दिने निर्णय गरेपनि नेपाल यातायात व्यावसायी राष्ट्रिय महासंघले भनेआफ्ना मागहरू पुरा नभएसम्म सवारी नचलाउने निर्णय गरेको छ ।
फेसबुक पेज Like गर्नुहोस