काठमाडौं - ललितपुरको पुल्चोकमा रातो मत्स्येन्द्रनाथको रथ तान्न भेला भएकाहरूले ड्युटीमा रहेका एक ट्राफिक प्रहरीलाई निर्घात कुटपिट गरेका छन् । 

कोरोना भाइरसको महामारीका बेलामा मत्स्येन्द्रनाथको रथ तान्ने क्रममा भएको झडपमा ड्युटीमा खटिएका प्रहरी जवान कमलप्रसाद घिमिरेलाई केही युवाले निर्घात कुटपिट गरेका हुन् ।निषेधाज्ञाको अवज्ञा गरी रथ तान्न लागेका युवा र प्रहरीबीच झडप भएको थियो ।

प्रहरीले भीडलाई पानी फोहोरा र अश्रु ग्यास प्रहार गरेर भीडलाई तितरवितर पारेको थियो त्यही क्रममा भीडले ट्राफिक प्रहरीलाई कुटपिट गरेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ ।