वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिने सुवास नेम्वाङको तयारी
काठमाडौं - नेकपा (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशनमा स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङले वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी दिने तयारी गरेका छन् ।
मंगलबार संसदीय दलका उपनेतासमेत रहेका नेम्बाङले आगामी ९–१३ मंसिरसम्म चितवनमा चल्ने पार्टीको महाधिवेशनमा वरिष्ठ उपाध्यक्ष पदमा दाबी गर्ने जानकारी दिएका हुन् । आफू निकट नेताहरुसँग परामर्शसमेत थालेका नेम्बाङले सर्वसम्मतको पक्षमा रहेको बताएका छन् ।
महाधिवेशनको तयारी र प्रचार जुन रफ्तारमा अघि बढेको छ, नेतृत्वमा दाबी गर्ने नेताहरू भने अहिलेसम्म ‘पर्ख र हेर’ मै देखिन्छन् । तर, अध्यक्ष केपी शर्मा ओलीको वरिपरि घुमेको पार्टी र महाधिवेशन रौनकलाई चुनौती दिँदै उपाध्यक्ष भीम रावलले अध्यक्षको दाबी गरेपछि भने नेताहरूबीच उम्मेदवारीको तयारी सुरू भएको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस