काठमाडौं - साताको पहिलो दिन आइतबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ ।

शुक्रबार ९२ हजार २०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आइतबार रु १०० ले घटेर तोलामा ९२ हजार १०० रुपैयाँमा कारोबार भएको हो ।

यस्तै तेजावी सुन तोलामा ९१ हजार ६६० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  यस्तै चाँदी तोलामा ९८० रुपैयाँमा कारोबार भएको छ ।