चोलेन्द्र आउने भएपछि सर्वोच्च गेटबाहिर बारकाे धर्ना
खबर एक्सप्रेस
२०७९-०८-२१ ०१:५६ मा प्रकाशित
Total Shares: 217
काठमाडौं - नेपाल बार एशोसिएसनले सर्वोच्च अदालतको मूल गेटमा धर्ना दिएको छ।प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा सर्वोच्च अदालत फर्किने तयारी गरेसँगै बार पदाधिकारीहरुले धर्ना सुरु गरेका हुन्।
बुधबार संघीय संसदका महासचिव डा. भरतराज गौतमले जबरालाई निलम्बन फुकुवाको पत्र दिएका थिए। लगतै जबराले सर्वोच्च फर्किने तयारी गरेपछि बारका पदाधिकारीहरुले धर्ना दिन थालेका हुन्।
धर्नामा बारका अध्यक्ष गोपालकृष्ण घिमिरे, महासचिव अञ्जिता खनाल, सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्य, बार पूर्व अध्यक्ष चण्डेश्वर श्रेष्ठ लगायत सहभागी छन्।

.gif)



फेसबुक पेज Like गर्नुहोस