सार्वजनिक जग्गा अतिक्रमण रोक्न ठूलो चुनौतीः मन्त्री झाँक्री
काठमाडौं - सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले सार्वजनिक जग्गा अतिक्रमण रोक्नु ठूलो चुनौती भएको बताएकी छन् । सार्वजनिक जग्गा अतिक्रमण हुने क्रम नरोकिएको भन्दै उनले चिन्ता व्यक्त गरिन् ।
अतिक्रमण हुँदा प्राकृतिक विपत्ती निम्तिएको अवस्थामा २०० जना मान्छेलाई पनि आश्रय दिने ठाउँ नभएको उनले बताइन् । सहर पनि कुरुप भएको र एकीकृत सहरीकरणको योजना बनाएर कार्यान्वयन गर्न जरुरी रहेको उनको भनाइ छ ।
त्यसो नगरिए सहरी बस्न मात्र नभइ देखाउन लायक पनि नहुने उनले बताइन् । सोही कारण एकीकृत सहरीकरणको योजना बनाएर कार्यान्वयन गर्ने क्रममा सहरीसँगै खानेपानी, ऊर्जा, सडक, सञ्चार, गृहलगायतका मन्त्रालयबीच सहकार्य र समन्वय हुनुपर्ने मन्त्री झाँक्रीले बताएकी छिन् ।
फेसबुक पेज Like गर्नुहोस