मधेश कृषि विश्वविद्यालयका उपकुलपति र रजिस्ट्रार बर्खास्त
खबर एक्सप्रेस
२०८१-११-२१ १०:३५ मा प्रकाशित
Total Shares: 92
राजविराज - सप्तरीको राजविराजस्थित मधेश कृषि विश्वविद्यालयका उपकुलपति डाक्टर वैद्यनाथ महतो र रजिस्ट्रार भगवान ठाकुरलाई बर्खास्त गरिएको छ।
विश्वविद्यालय सिनेटको मङ्गलवार राति बसेको बैठकले उपकुलपति र रजिस्ट्रारलाई हटाउने निर्णय गरेको हो।
तत्कालीन जसपा नेपालका नेतृत्वको सरकारले ०८१ मंसिर २१ मा विश्वविद्यालयको उपकुलपतिमा डाक्टर महतोलाई नियुक्त गरेका थियो। त्यसको केहि दिनपछि रजिस्ट्रारमा ठाकुर नियुक्त भएका थिए।

.gif)




फेसबुक पेज Like गर्नुहोस