काठमाडौं - धरानमा एक साता लकडाउन हुने भएको छ ।

कोरोनाको संक्रमण फैलिँदै गएपछि धरान उपमहानगरपालिकाले आज राति १२ बजेदेखि ७ दिन लकडाउन गर्ने निर्णय गरेको हो । उपमेयर मञ्जु भण्डारी सुवेदीका अनुसार कार्यपालिका बैठकले आज मध्यराति १२ बजेदेखि साउन २८ गतेसम्म लकडाउन गने निर्णय गरेको छ ।

लकडाउन अवधिभर अत्यावश्यक सेवा औषधी पसलबाहेक सबै पसल, व्यवसाय तथा सवारी साधनहरु बन्द हुनेछन् । पछिल्लो समय धरानमा ट्राभल हिस्ट्री नभएका व्यक्तिमा पनि संक्रमण देखिन थालेको छ ।