काठमाडौं, धादिङवेशी - नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नेतृत्वले परम्परा र मुल्यमान्यता विपरीत काम गरेकाले पार्टी कमजोर भएको दाबी गरेका छन्। बिहीबार धादिङस्थित कांग्रेस धुनिबेसी नगर समितिको कार्यलय उद्घाटन कार्यक्रममामा नेता सिंहले सो दाबी गरेका हुन्।

नेता सिंहले १३औँ महाधिवेशन पछि पार्टीको नेतृत्वले विधि पद्धति र मुल्यमान्यता पालना गर्न नसक्दा पार्टी कमजोर भएको बताएका हुन्। उनले विधि सम्बत र संस्थागत रुपमा पार्टीलाई अगाडि बढाउनको लागि सक्षम नेतृत्वको आवश्यकता औँल्याए। पार्टीका सिनियर नेताहरुलाई सम्मान गर्ने तर अवसर पाउँदा पनि काम गर्न नसक्नेलाई नेतृत्व सुम्पिन नहुने उनको भनाइ थियो।

साथै उनले पार्टीको आसन्न १४ औँ महाधिवेशन कुनै पनि हालतमा तोकिएकै मितिमा हुनुपर्ने अडान राखेका छन्।

त्यस्तै, उनले गणेशमानको परिवारले सधै त्याग मात्रै गरेको भन्दै अब पार्टीको नेतृत्व पनि गर्ने उनले दाबी गरे। पार्टीभित्रको एकता विना कांग्रेस बलियो हुन नसक्ने नेता सिंहको भनाइ छ। उनले आफू हरेक आन्दोलनको अग्र मोर्चामा सहभागी भएको उल्लेख गर्दै गणेशमानको छोरा भएर मात्र राजनीतिमा नआएको प्रष्ट पारेका छन्।