ब्राजिलकाे अपराजित यात्रा कायमै
काठमाडौं - कतार विश्वकप २०२२ को दक्षिण अमेरिकी छनोटमा ब्राजिलले अपराजित यात्रा कायमै राखेको छ । शुक्रबार बिहान भएको खेलमा ब्राजिलले भेनेजुएलामाथि ३-१ को पूनरागमन जित निकालेको हो ।
खेलको ११औं मिनेटमा एरिक रामिरेजले गोल गर्दै घरेलु टोली भेनेजुएलालाई सुरुवाती अग्रता दिलाएका थिए । त्यसपछि ब्राजिलले खेलको दोस्रो हाफमा उत्कृष्ट खेल पस्कन सफल भयो ।
७१औं मिनेटमा डिफेन्डर मार्किन्हसले गोल गर्दै ब्राजिललाई खेलमा फर्काए । ८५औं मिनेटमा गाव्रियल बर्बोसाले पेनाल्टीमा गोल गर्दै ब्राजिललाई २-१ को अग्रता दिलाए । त्यसपछि इन्ज्युरी समयको थप गरिएको पाँचौ मिनेटमा एन्थोनीले गोल गर्दै ब्राजिललाई ३-१को सहज जित दिलाए ।
अपराजित रहेको ब्राजिल ९ खेलबाट शतप्रतिशत २७ अंक जोडेर शीर्षस्थानमा रहेको छ । पराजित भेनेजुएला भने १० खेलमा ४ अंक जोडेर पुछारमा छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस