आजबाट कोजाग्रत पूर्णिमासम्म सर्वोच्च अदालत बन्द हुने
खबर एक्सप्रेस
२०८१-०६-१७ ०९:५३ मा प्रकाशित
Total Shares: 84
काठमाडौं - आजदेखि सर्वोच्च अदालत बन्द हुने भएको छ । विजया दशमीको अवसरका लागि आजदेखि कोजाग्रत पूर्णिमासम्म अदालत बन्द हुने विज्ञप्तिमार्फत जनाइएको छ ।
घटस्थापना, शनिबार र विजया दशमीका दिनबाहेक अन्य दिनमा बन्दीप्रत्यक्षीकरणको रिट निवेदन लिएर सुनुवाइ गर्न बिहान ११ बजेदेखि अपराह्न ३ बजेसम्म अदालत खुला रहने विज्ञप्तिमा उल्लेख छ ।

.gif)




फेसबुक पेज Like गर्नुहोस