मीनभवन क्याम्पसमा नेविसंघका दुई समूहबीच झडप
खबर एक्सप्रेस
२०७९-१०-२३ ०३:०० मा प्रकाशित
Total Shares: 164
काठमाडौं - नेपाल विद्यार्थी संघको संस्थापन र इतर समूहबीच मीनभवन क्याम्पसमा झडप भएको छ।
स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको तयारीको विषयमा छलफल कार्यक्रममा दुई समूहबीच झडप ढुंगा हानाहान भएको हो।
शेखर–गगन पक्षका विद्यार्थीले मीनभवन क्याम्पसमा भेला राखेका थिए। उक्त भेलामा संस्थापन पक्षले आक्रमण गरेपछि झडपको स्थिति आएको शेखर–पक्षका विद्यार्थी नेता धर्मराज शाहीले जानकारी दिए।
संस्थापन र इतर पक्षका दुई विच झगडा हुँदा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ।

.gif)



फेसबुक पेज Like गर्नुहोस