काठमाडौं,एजेन्सी - चिनको हुबेई प्रान्तस्थित वुहान शहरबाट गत वर्षको डिसेम्बरबाट विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट विश्वमा लाखौं मानिसले अकालमै ज्यान गुमाएका छन् ।

यो समाचार तयार पार्दासम्म विश्वमा १० करोड ३५ लाख ३ हजार ८२१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  यस्तै हालसम्म २२ लाख ३६ हजार ९७५ जनाले यस भाइरसको संक्रमणबाट ज्यान गुमाएका छन् । विश्वका ७ करोड ५१ लाख ८ हजार ६२४ संक्रमित निको भएका छन् ।  

यसैगरी विश्वमा सबैभन्दा बढी संक्रमण देखिने तथा प्रभावित बनेको राष्ट्र अमेरिका हो । अमेरिकामा पछिल्लो २४ घण्टामा थप १ लाख ४ हजार ३५० जनामा कोरोना पुष्टि भएको छ भने २४ घण्टाकै अवधिमा १ हजार ८३२ जनाले ज्यान गुमाएका छन् । 

हालसम्म २ करोड ६७ लाख ६३ हजार ७६३ जनामा कोरोनाले संक्रमण गराएको छ । ४ लाख ५२ हजार २२५ जनाले ज्यान गुमाएका छन् ।

यस्तै १ करोड ६४ लाख ३ हजार ८४३ संक्रमित निको भएका छन् । अन्य केही प्रभावित राष्ट्रहरुको अवस्था तल तालिकामा हेर्न सकिन्छ ।