वार्षिक कार्ययोजनाबारे छलफल गर्न एमालेको सचिवालय बैठक बस्दै
खबर एक्सप्रेस
२०८१-०५-२८ ०७:५० मा प्रकाशित
Total Shares: 94
काठमाडौं - नेकपा एमालेको सचिवालय बैठक आज बस्दै छ । बैठक केन्द्रीय कार्यालय च्यासलमा मध्याह्न १२ः३० बजे बस्न लागेको हो ।
बैठकमा समसामयिक विषय र पार्टीको वार्षिक कार्ययोजनाबारे छलफल हुने बताइएको छ ।
भदौ १८ र १९ गते बसेको पोलिट्ब्युरो बैठकले वार्षिक कार्ययोजनाबारे सुझाव दिएको थियो ।
आएका सुझावहरू समेटेर कार्ययोजनाको अन्तिम टुंगो लगाउने जिम्मा पार्टी सचिवालयलाई दिइएको थियो ।

.gif)



फेसबुक पेज Like गर्नुहोस