एजेन्सी - कोरोना भाइरसको कारण यूकेमा पछिल्लो २४ घण्टामा ७ सय ७८ जनाको मृत्यु भएको छ । त्यहाँका सरकारी अधिकारीका अनुसार ५ हजार नयाँ संक्रमित थपिएका छन् ।

हालसम्म यूकेमा कोरोनाबाट १२ हजारको मृत्यु भएको छ भने ९३ हजार जना संक्रमित छन् । यस्तै, अर्को युरोपेली देश फ्रान्समा कोरोना भाइरसको कारण एकैदिन ७ सय ६२ जनाको मृत्यु भएको छ ।

कोरोनाबारे निरन्तर अपडेट दिइरहने वल्र्डोमिटरका अनुसार पछिल्लो २४ घण्टामा ६ हजार ५ सय नयाँ संक्रमित थपिएका छन् । अहिलेसम्म कोरोनाबाट त्यहाँ १५ हजार ७ सय २९ जनाको मृत्यु भएको छ भने १ लाख ४३ हजार संक्रमित छन् । फ्रान्स कोरोनाबाट सबैभन्दा धेरै प्रभावित मुलुक मध्ये एक हो ।