एजेन्सी - विश्वभर फैलिएको कोरोना भाइरसको पछिल्लो समयको इपिसेन्टर मानिएको अमेरिकामा मृत्यु हुनेको संख्या उच्च छ ।

त्यहाँका सरकारी अधिकारीका अनुसार २४ घण्टा नबित्दा अमेरिकामा एक हजार ६ सय ४७ जनाको संक्रमणबाट मृत्यु भएको छ भने २८ हजार नयाँ संक्रमित थपिएका छन् । यो संख्या अन्य देशकाे तुलनामा उच्च रहेको बताउँछन् । याे समाचार तयार पार्दासम्म ।

हालसम्म अमेरिकामा कोरोनाबाट ११ लाख ५९ हजार संक्रमित छन् भने ६७ हजार ४ सय जनाको मृत्यु भैसकेको छ । एक लाख ६० हजार निको भएका छन् । अमेरिका कोरोनाबाट विश्वकै सबैभन्दा धेरै प्रभावित देश हो ।