नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १८३ पुग्यो
खबर एक्सप्रेस
२०७७-०५-११ ०४:५१ मा प्रकाशित
Total Shares: 360
काठमाडौं - नेपालमा कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।
बिहीबार मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा थप ८ जनाको मृत्यु भएको जानकारी दिएका हुन् । आज मृत्यु पुष्टि हुनेमा ५ जना महिला र ३ पुरुष रहेका छन् ।
योसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १८३ पुगेको छ । नेपालमा पछिल्लो २४ घण्टामा १ हजार १११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या ३५ हजार ५२९ पुगेको छ। ५६९ जना संक्रमण मुक्त भएका छन् ।
फेसबुक पेज Like गर्नुहोस