काठमाडौं - नेपालमा कोरोनाभाइरस (कोभिड- १९) संक्रमितको संख्या १८ हजार ६१३ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा आइतवार आयोजित नियमित पत्रकार सम्मेलनमा पछिल्लो २४ घण्टामा थप १३० जनामा संक्रमण पुष्टि भएको जानकारी दिइएको हो ।

संक्रमितमध्ये १३ हजार १२८ जना निको भएर घर फर्किएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

पछिल्लो २४ घण्टामा ७५ जना डिस्चार्ज भएको प्रवक्ता गौतमले बताए ।