आईसीसी विश्वकप लिग–२ मा अमेरिकासँग नेपाल पराजित
खबर एक्सप्रेस
२०८१-०७-१२ ०७:२९ मा प्रकाशित
Total Shares: 44
काठमाडौं - आईसीसी विश्वकप लिग–२ मा अमेरिकासँग नेपाल तीन विकेटले हारेको छ । दुई सय ८७ रनको लक्ष्य अमेरिकाले ४९ ओभर चार बलमा सात विकेट गुमाएर पूरा गर्यो ।
अमेरिकाका ओपनर शयान जहाजिंगरले ९७ बलमा १०४ रन बनाए । नेपालका कुशल भुर्तेलले ६ ओभरमा २३ रन खर्चेर ४ विकेट लिए । सोमपाल कामीले २ र ललित राजवंशीले १ विकेट लिए ।
त्यसअघि ग्राण्ड प्रेरी क्रिकेट रङ्गशाला डालसमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले ५० ओभरमा अल आउट हुँदै दुई सय ८६ रन बनाएको थियो ।
नेपालका कप्तान रोहित पौडेलले ९६ रन बनाए । ओपनर आसिफ शेखले ५२ र अनिल साहले ५६ रन बनाए । अमेरिका स्पिनर नोष्थुश केन्जिगेले ४ विकेट लिए । नेपालले अव भोलि स्कटल्यान्डसँग खेल्नेछ ।
फेसबुक पेज Like गर्नुहोस