काठमाडौं - दोस्रो मैत्रीपूर्ण खेलमा नेपाल पराजित भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार भएको खेलमा नेपाल भारतसँग २-१ले पराजित भएको हो । 

खेलको दोस्रो हाफमा मैदान प्रवेश गरेका फारुख चौधरीले ६२ मिनेटमा गोल गर्दै भारतलाई अग्रता दिलाए । फारुख ४६औँ मिनेटमा विपीन सिंहको स्थानमा मैदान प्रवेश गरेका थिए । उनले नेपाल डिफेन्सको फाइदा उठाउँदै गोल गरेका थिए ।

यसरी नै ८०औँ मिनेटमा भारतका सुनिल क्षत्रीले अर्को गोल गर्दै भारतलाई २ गोलको अग्रता दिलाए । त्यसपछि ८७औं मिनेटमा नेपालका लागि तेज तामाङले एक गोल फर्काउन सफल भएपनि भारत २-१ले विजयी बन्यो ।