काठमाडौं - निर्वाचन आयोगले विवेकशील साझा पार्टीको वैधता अध्यक्ष रवीन्द्र मिश्र पक्षलाई दिएको छ । केही दिन अगाडि बसेको विवेकशील साझा पार्टीको केन्द्रीय समितिको बैठकले विधान संशोधन गरेको थियो । त्यस्तै केन्द्रीय समिति १२४ सदस्यीय कायम गरेको थियो । 

अध्यवाधिक गर्न पठाएको उक्त विवरणसहितको पत्रलाई निर्वाचन आयोगले स्वीकार गरेको छ । निर्वाचन आयोगले एक विज्ञप्ति जारी गर्दै अध्यावधिक गरी अधिलेखिकरण गरेको जानकारी दिएको हो ।