आन्दोलनकारीलाई सडकमै भोजभतेर
खबर एक्सप्रेस
२०७७-१०-२२ ०३:०६ मा प्रकाशित
Total Shares: 1187
काठमाडौं - आम हड्ताल आह्वान गरेको प्रचण्ड समूहले सडकमै भोजभतेर गरेको छ। आज बिहान कोटेश्वर चोकमा प्रचण्ड समूहका नेता तथा कार्यकर्ताले सडकमै भोजभतेर गरेका हुन्।
कोटेश्वर चोकमा जम्मा भएका आन्दोलनकारीलाई सडकमै खानाको व्यवस्था गरिएको नेता रामप्रसाद सापकोटा ‘दिपशिखा’ले जानकारी दिए।
करिब पाँच सय नेता तथा कार्यकर्तालाई खानाको व्यवस्था गरिएको उनको भनाइ छ। क्याटरिङको सामान भाडामा लिएर आन्दोलनकारीको लागि खानाको व्यवस्था गरिएको उनको भनाइ छ।
सडकमै भात पकाएर खाँदैं विरोध जनाइएको उनले बताए। संवैधानिक नियुक्तिको विरोधमा नेकपाको प्रचण्ड समूहले आज देशभर हड्ताल आह्वान गरेको थियो।

.gif)



फेसबुक पेज Like गर्नुहोस