नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीद्वारा राजीनामाको घोषणा
काठमाडौं - एन्फाका वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्बाङलाई कारण देखाउँदै नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले राजीनामाको घोषणा गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत नेम्बाङको नाम नै लिएर राजीनामाको घोषणा गरेका
एन्फाका वरिष्ठ उपाध्यक्ष नेम्बाङले विगत तीन हप्तादेखि ड्रामा गरेको भन्दै उनले राजीनामा दिन लागेको बताएका हुन् । उनी आफ्नो राजीनामा पत्र बुझाउन एन्फा जान लागेको सामाजिक सञ्जालमार्फत जानकारी दिएका हुन् ।
कुबेती प्रो–लाइसेन्स प्राप्त अलमुताइरी गत २०७७ सालको चैत महिनामा नेपालको मुख्य प्रशिक्षक नियुक्त भएका थिए । एन्फाले अलमुताइरीको सम्झौता अवधि थप्नका लागि कतार फुटबल संघलाई पत्रचार गरिरहेकै अवस्थामा राजीनाको घोषणा गरेका हुन् ।
अलमुताइरीको नेतृत्वमा नेपालले इराकविरुद्ध मैत्रीपूर्ण खेल तथा विश्व कप र एसिया कपका ३ गरि कुल ४ खेल खेलेको थियो । उनको नेतृत्वमा टोलीले सुधारिएको प्रदर्शन गरेपछि चौतर्फी प्रशंसा पाएका थिए ।


.gif)



फेसबुक पेज Like गर्नुहोस