काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशनमा सहभागी हुन विभिन्न दलका नेताहरू चितवन पुग्ने क्रम जारी छ । 

यसैक्रममा नेपाली कांग्रेस सभापति गगनकुमार थापा पनि चितवन पुगेका छन् । थापासँगै पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई चितवन पुगेका छन् ।

यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, नेपाली कम्युनिस्ट पार्टीका नेता वर्षमान पुन, जनमत पार्टीका पूर्वअध्यक्ष चन्द्रकन्त राउत सिके, नेकपा एमालेका नेता प्रदीपकुमार ज्ञवाली र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव लगायतका नेताहरू यसअघि नै पुगिसकेका छन् ।

श्रम संस्कृति पार्टीबाट भने कुनै नेताहरू सहभागि नहुने बताइएको छ ।